सेयर बजारबाट पुसमा उठ्यो ७४ करोड ३९ लाख पुँजीगत लाभकर



काठमाडौं । सेयर बजारबाट पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार पुसमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

सरकारलाई पुसमा कर्पोटेर लगानीकर्ता र स्टक डिलरले ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ लाभकर तिरेका छन् । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले सेयर कारोबार गरेर राज्यलाई ६९ करोड ७३ लाख ७२ हजार २२ रुपैयाँ लाभकर तिरेका छन् ।

सीडीएससीका अनुसार पुसमा अवधिमा सबैभन्दा बढी पुँजीगत लाभकर व्यक्तिगत अल्पकालीन कारोबारीले ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यस्तै व्यक्तिगत दीर्घकालीन कारोबारीले १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

सिडिएससीका अनुसार मंसिरको तुलनामा पुसमा पुँजीगत लाभकर ४३ करोड ८५ लाख ८८ हजार ४४८ रुपैयाँले बढेको छ । मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए ।

मंसिरमा दीर्घकालीन लगानीकर्ताले ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १२ लाख ८ हजार ३ रुपैयाँ र स्टक डिलरले २ लाख २१ हजार ६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

हाल दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।


क्लिकमान्डु