दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास, एक जना पक्राउ



फाइल तस्बिर

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि हातपातको प्रयास भएको छ ।

‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि भाषणका लागि मञ्चमा उक्लन लागेका बेला हातपात प्रयास भएको हो ।

हातपात प्रयास गरेको भन्दै बागलुङ प्रहरीले बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ ।

‘दुर्गा प्रसाई मञ्चमा उक्लिने क्रममा हातपातको प्रयास भएको हो,’ बागलुङका एसपी योगेन्द्र कुमार खड्काले भने ।

हातपातको प्रयास गर्ने गौतमलाई पक्राउ गरिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु