गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यो योजन अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आइरहेको छ ।


क्लिकमान्डु