कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढ्यो, खराब कर्जा घट्दै



काठमाडौं । कामना विकस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ३२.१९ प्रतिशतले बढाएको छ ।

पुस मसान्तसम्म बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आवकाे सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड २६ हजार रुपैयाँबाट घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा २७ करोड ९८ लाख १६ हजारबाट बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५१ करेड ८८ लाख ६० हजार रुपैयाँ रहेका छ ।

बैंकको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.७० प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।


क्लिकमान्डु