बनेपा नगरपालिका वडा अध्यक्ष घुस लिँदा लिँदै पक्राउ



काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

अध्यक्ष नृपेश बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो।

घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।


क्लिकमान्डु