नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त



काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक छनोटको लागि समिति गठन भएको थियो ।


क्लिकमान्डु