सामसङलाई उछिन्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक



काठमाडौं । एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनेको छ । एप्पलले सामसङलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनेको हो ।

विगत १२ वर्षमा एप्पल पहिलो पटक सबैभन्दा ठूलो स्मार्टफान उत्पादक बनेको हो । इन्टरनेशनल डेटा कर्पोरेसनका अनुसार गत वर्ष बिक्री गरिएका स्मार्टफोनहरूमध्ये २०% भन्दा बढी फोन एप्पलले बनाएका छन् ।

कर्पोरेसनका अनुसार सन् २०२३ मा एप्पलले २३ करोड ४० लाख बढी फोन बिक्री गरेको थियो । गत वर्ष १ अर्ब २० करोड स्मार्टफोन विश्‍वभर बिक्री भएका थिए ।

सामसुङको हिस्सा १९.४% प्रतिशत छ । त्यसपछि शाओमी, ओप्पो र ट्रान्स्सन छन् ।


क्लिकमान्डु