प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन, को हुन् उनी ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन गगरिएको हो।

अध्यक्ष भट्टचन बिजनेश घराना प्रभु ग्रुपकी प्रबन्ध निर्देशक पनि हुन् । उनले अमेरिकाबाट साइबर सुरक्षा विषयमा स्नातोकोत्तर सकेकी छन् । भट्टचनले प्रभु ग्रुप इंक, अमेरिका, सिंगापुर, मलेसिया लगायतका ग्रुपको विभिन्न देशका लागि सिपिङ कम्पनीको नेतृत्व गरिसकेकी छिन् ।

उनी प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् । देवीप्रकाश अहिले नेकपा एमाले दलको तर्फबाट सांसद छन् ।

बोर्डले अध्यक्षको जिम्मेवारी भट्टचनलाई दिदै डिजिटल सुरक्षामा उनको भूमिका अहम रहने उल्लेख गरेको छ । उनीसहित इन्स्योरेन्सको सञ्चालकमा सम्झना अर्याल, विरेन्द्रजंग पाण्डे, सिए शंकर गौतम, ज्योती शेरचन र अन्जु अधिकारीलाई चयन गरेको छ ।


क्लिकमान्डु