मिर्मिरे लघुवित्त वित्तीयको नाफा ४१.४८ प्रतिशतले घट्यो, खराब कर्जा साढे ४ प्रतिशत



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ४१.४८ प्रतिशत घटेको छ । चालु आवको पुस मसान्तमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४१.८४ प्रतिशतले घटेको हो ।

पुस मसान्तसम्म कम्पनीको नाफा ३ करोड ४० लाख ५ हजार रुपैयाँमा रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ करोड ८१ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । दुवै घट्दा कम्पनीको नाफामा समेत गिरावट आएको देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी पुस मसान्तमा १७ करोड ८५ लाख ५५ हजार रुपैयाँमा रहेको छ । गत आवको सोही अवधिमा २४ करोड ७ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन नाफा गत आवको पुस मसान्तमा ८ करोड ३० लाख ११ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ४ करोड ८५ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तमा कम्पनीको चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । जगेडा कोषमा ३६ करोड ६४ लाख ८५ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ४.५१ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ २२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ ।


क्लिकमान्डु