बीमा शुल्क तथा कर्जाको ब्याज समयमै भुक्तान गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सको आग्रह



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई समयमा बीमा शुल्क बुझाउन आग्रह गरेको छ ।

इन्स्योरेन्सले बीमा शुल्कसँगै बीमालेख धितो राखेर कर्जा लिएका बीमितहरुलाई समयमै कर्जा भुक्तान गरि असल बीमित बन्न आग्रह गरेको छ ।

यो सँगै इन्योरेन्सले समयमा दाबी भुक्तानी रकम लिन आउन तथा बीमालेख समयमै नविकरण गर्न समेत आग्रह गरेको छ ।

कम्पनीले बीमितको सहजताका लागि सूर्यज्योति लाइफको मोबाइल एप प्रयोग गर्ने तथा बीमाशुल्क बुझाउँदा १ लाख भन्दा माथिको रकममा भुक्तानी गर्दा रकममा कारोबार नगरी अनलाईन माध्यमबाट वा चेक मार्फत भुक्तान गर्न आग्रह गरेको छ।


क्लिकमान्डु