सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउने?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले बुधबार सूचना जारी गर्दै प्रतिकित्ता २ सय २० रुपैयाँ मूल्यमा खरिद आवेदन माग गरेको हो ।

इन्स्योरेन्सले संस्थापक सेयरधनी र सर्वसाधारण दुवैका लागि यो सेयर बिक्री गर्न लागेको हो । जसका लागि इच्छुक संस्थागत सेयरधनी वा सेयरधनी बन्न चाहने सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सुरुमा संस्थापक शेयरधनीलाई प्राथामिकता दिदै ३५ सूचनाा जारी गरेर अब इन्स्योरेन्सले सर्वसाधारणमा आवेदन आह्वान गरेको हो ।

इन्स्योरेन्सले इच्छुक आवेदकले ३५ दिनभित्र एनआइसी एशिया क्यापिटलमा आवेदन दिनुपर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु