हालसम्म साढे ६ खर्बका आयोजनामा ४ खर्ब ४९ अर्ब लगानी प्रतिबद्धता, चीनबाट मात्रै २ खर्ब



काठमाडौं । नेपालमा विश्वका विभिन्न ९६ वटा मुलुकका लगानीकर्ताहरुले साढे ४ खर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा विश्वका ९६ वटा मुलुकबाट ४ खर्ब ४९ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाइएको छ।

विदेशी लगानीकर्ताहरुले हालसम्ममा ५ हजार ८५९ वटा नयाँ उद्योग दर्ता गरेका छन् । लगानीकर्ताहरुले ६ खर्ब ६६ करोड ६१ लाख रुपैयाँ बराबरको आयोजनामा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । साढे ४ खर्ब लगानी प्रतिबद्धता जनाइउको उद्योगबाट ३ लाख ९ हजार ८५ जनाले रोजगारी पाउनेछन् ।

नेपालमा हालसम्ममा ९६ वटा देशबाट वैदेशिक लगानी प्रतिबद्धता आउँदा सबैभन्दा बढी हिस्सा चीनको छ । चिनियाँ लगानीकर्ताबाट मात्रै गत आवसम्ममा २ खर्ब ३१ अर्ब ७२ करोड ४३ लाख रुपैयाँको आयोजनामा २ खर्ब ९८ लाख ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चिनियाँ लगानीमा गत आवसम्ममा २ हजार २१५ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय चीनका लगानीकर्ताहरुले पर्यटन क्षेत्रमा उच्च लगानी गर्दै आएका छन् । उद्योग विभागको तथ्यांक अनुसार अहिले चीनका लगानीकर्ताहरुको आकर्षणको क्षेत्र पर्यटन अर्थात् होटल तथा रेष्टुरेन्ट रहेका छन् । लगानी प्रतिबद्धता जनाइएका उद्योगमा १ लाख ३ हजार ८८५ जनाले रोजगारी पाउनेछन् ।

चीनपछि नेपालमा अर्को ठूलो लगानी प्रतिबद्धता जनाउने देश छिमेकी राष्ट्र भारत छ । तथ्यांकअनुसार भारतका लगानीकर्ताहरुले हालसम्ममा १ खर्ब ६५ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको आयोजनामा १ खर्ब १ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । त्यसबाट ७४ हजार ८१३ जानले रोजगारी पाउनेछन् ।

भारतपछि हङकङका लगानीकर्ताले ४७ अर्ब १८ करोड २१ लाख रुपैयाँको आयोजनाका लागि २९ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । अमेरिकाबाट ३२ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ लागतको आयोजनामा १६ अर्ब १५ करोड ९ लाख रुपैयाँ, बेलायतले २२ अर्ब ९१ करोड ४५ लाख रुपैयाँको आयोजनामा १४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ र दक्षिण कोरियाबाट १८ अर्ब ५ करोड १६ लाख रुपैयाँको आयोजनामा १२ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाइएको छ ।

त्यसैगरी, सिंगापुरबाट २२ अर्ब १७ करोड १९ लाखको आयोजनामा ७ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ, आइसल्यान्डबाट १९ अर्ब ३० करोड ३२ लाख रुपैयाँको आयोजनामा ११ अर्ब ६ करोड ४२ लाख रुपैयाँ, जापानबाट ८ अर्ब १३ करोड १६ लाख रुपैयाँको परियोजनामा ३ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ, म्यानमारबाट १ अर्ब २० करोड रुपैयाँ र क्यानाडाका लगानीकर्ताले ८ अर्ब ३७ करोड ७७ लाख रुपैयाँको परियोजनामा ३ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, स्पेनबाट ७ अर्ब ५ करोड २२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, स्वीट्जरल्यान्डका लगानीकर्ताले ५ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको आयोजनामा ३ अर्ब ४ करोड रुपैयाँ, जर्मनीबाट २ अर्ब ९५ करोड २९ लाख रुपैयाँ परियोजनामा १ अर्ब ४६ करोड १७ लाख रुपैयाँ, मरिससबाट ४ अर्ब ११ करोड ८० लाख रुपैयाँको आयोजनामा ३ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ, द नेदरल्यान्डले ३ अर्ब ११ करोड ७३ लाख रुपैयाँको आयोजनामा १ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ र युएईबाट ३ अर्ब ८१ करोड रुपैयाँ वैदेशिक लगानी प्रपतबद्धता जनाएका छन् ।

यी हुन् सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाएका २० मुख्य देश


क्लिकमान्डु