ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १०% छुट पाउने भएका छन् ।

बैंकको क्रेडिट कार्ड बाहकलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना यहि माघ महिनाभरी मात्र लागू हुने बैंकले जनाएको छ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिने बैंकले जनाएको छ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।


क्लिकमान्डु