निफ्राका सीईओ खतिवडाको राजीनामा, तामाङलाई निमित्तको जिम्मेवारी



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाले राजीनामा दिएपछि नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि तामाङलाई बैंकका निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

खतिवडा २०७७ साल माघ १ गतेबाट निफ्रामा सीईओ थिए । कार्यकाल सकिन अझै एक वर्ष बाँकी नै हुँदा उनले राजीनामा दिएका हुन् ।


क्लिकमान्डु