स्वास्थ्य बीमा बोर्डले घटायो अस्पतालमा लाग्ने ओपीडी र आकस्मिक सेवा शुल्क



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितका लागि अस्पतालको ओपीडी र आकस्मिक शुल्क घटाएको छ । बोर्ड ओपीडी शुल्क ५० रुपैयाँ र आकस्मिक सेवा शुल्क १०० रुपैयाँ बनाएको हो ।

यस अघि बीमितको बीमाखल्तीबाट ओपीडी सेवामा २०० रुपैयाँ र आकस्मिक सेवाका लागि ४०० रुपैयाँ शुल्क लिँदै आएको थियो । बोर्डले दुवै शुल्क घटाउन बीमा सेवा दिइरहेका स्वास्थ्य संस्थाहरुलाई प्रत्राचार गरेको हो ।

बोर्डले माघ ८ गतेबाट नयाँ शुल्क लागु गर्नसमेत अस्पतालहरुलाई निर्देशन दिएको छ। आइतबार बसेको बोर्डको बैठकले बीमितको शुल्क घटाउने निणर्य गरेको थियो ।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज शुल्क २०० र इमरजेन्सी प्याकेज शुल्क ४०० रहेकोमा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकोले सो प्याकेज शुल्कलाई परिमार्जन गरी ओपीडी टिकट शुल्क ५० र इमरजेन्सी शुल्क १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ।


क्लिकमान्डु