विकास बैंकले पाँच महिनामा कमाए २ अर्ब बढी नाफा: पहिलो मुक्तिनाथ, दोस्रो बन्यो गरिमा



काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब बढी नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले मंसिर मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् ।

कात्तिकसम्म बैंकहरुको नाफा १ अर्ब ५४ करोड रुपैयाँ मात्रै थियो । कात्तिकको तुलनामा मंसिरमा विकास बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँले बढी हो ।

यो अवधिमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मंसिरसम्म बैंकले ४५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कात्तिकमा यस्तो नाफा ३१ करोड ६० लाख रुपैयाँ हेको थियो ।

राष्ट्र बैंकका अनुसार धेरै नाफा कमाउनेमा साइन रेसुंगा विकास बैंकलाई उछिन्दै गरिमा विकास बैंक दोस्रो स्थानमा उक्लेको छ । गरिमा विकास बैंकले मंसिरसम्म ३८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । साइन रेसुंगाले ३० करोड २० लाख नाफा आर्जन गरेर तेस्रो नम्बरमा रहेको छ ।

कात्तिकमा २४ करोड नाफा गरेको गरिमा विकास बैंकलाई पछि पार्दै साइन रेसुंगा २५ करोड नाफा कमाएर दोस्रो स्थानमा रहेको थियो । मंसिरमा गरिमा अगाडि देखिएको हो ।

यस्तै लुम्बिनी विकास बैंकले २१ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले १९ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । कामना सेवा विकास बैंकले १९ करोड ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


क्लिकमान्डु