यी हुन् प्राइम बैंकका ठूला १९ सेयरधनी, पूर्वमन्त्री उमेश श्रेष्ठदेखि राप्रपा महामन्त्री विक्रम पाण्डेसम्म



काठमाडौं । प्राइम बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् ।

उमेश श्रेष्ठका बैंकका पूर्व अध्यक्ष पनि हुन् । श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री तथा विना विभागिय मन्त्री समेत बनेका छन् । अर्का सेयरधनी पाण्डे राप्रपा नेपालका महामन्त्री हुन । साथै उनी चितवन–१ का जननिर्वाचित सांसद समेत हुन्

बैंकमा रहेका ठूला सेयरधनीमा पहिलो नम्बरमा उमेश श्रेष्ठ रहेका छन् । बैंकमा उनको सेयर स्वामित्व २.४६ प्रतिशत अर्थात ४७ लाख ७३ हजार १३७ कित्ता रहेको छ ।

यस्तै विनोद चन्द्र बरालको १.०६ प्रतिशत अर्थात २० लाख ५१ हजार १४९ कित्ता, कुष्ण पुरीको १.०३ प्रतिशत अर्थात १९ लाख ९६ हजार २४८ कित्ता, कर्मचारी संचयकोषको १ प्रतिशत अर्थात १९ लाख ४७ हजार ४३४ कित्ता, बिक्रम पाण्डको ०.८७ प्रतिशत अर्थात १६ लाख ७९ हजार ९८८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात १४ लाख ११ हजार ५११ कित्ता, सुरेन्द्र नारायण जोशीको ०.७१ प्रतिशत अर्थात १३ लाख ७५ हजार ३८३ कित्ता, शैलजा बज्राचार्यको ०.७० प्रतिशत अर्थात १३ लाख ६१ हजार ६३८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात १३ लाख ६१ हजार ६३७ कित्ता सेयर स्वामित्व रहेको छ ।

श्वेता मास्के श्रेष्ठको ०.६९ प्रतिशत अर्थात १३ लाख २९ हजार ४८८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोल ०.६७ प्रतिशत अर्थात १३ लाख ६ हजार ६२१ कित्ता, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात १३ लाख ६ हजार ६२० कित्ता सेयर स्वामित्व छ ।

बैंकमा महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात १० लाख ८८ हजार १८० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात १० लाख ३० हजार ४८ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात १० लाख २ हजार ३७५ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात ९ लाख ९० हजार ८४७ कित्ता, चिरन्जिवी द्वाको ०.५१ प्रतिशत अर्थात ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु