माघ २ गते ‘नेपाल सत्कार दिवस २०२४’ मनाइने



काठमाडौं ।होटल संघ नेपालले २०८० माघ २ गते मंगलबार काठमाडौंमा आयोजना गर्ने नेपाल सत्कार दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको नेपाल सत्कार दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरु बारे प्रस्तुति रहने होटल संघ नेपालले जनाएको छ ।

५८ वर्षअघि विधिवतरुपमा दर्ता भएको माघ २ गते स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको सत्कार दिवसमा दक्ष कामदार उत्पादन सम्बन्धी विविध प्याकेज पनि सार्वजनिक हुनेछ ।

कार्यक्रममा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने र सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिने पनि होटल संघ नेपालले जनाएको छ ।


क्लिकमान्डु