लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त



काठमाडौं । लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् ।

पुस २६ गते सम्पन्न २३औं बार्षिक साधारणसभाबाट बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका हुन् ।

यस्तै सभाले बैंकको सञ्चालकमा नेपालका साथै मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुंङगटा र दिनेश पौड्याललाई निर्वाचित गरेको जनाइएको छ ।


क्लिकमान्डु