भारतमा बढ्यो ईभीको बिक्री, गत वर्ष ५० प्रतिशतले बढ्यो



एजेन्सी । भारतीय बजारमा विद्युतीय गाडी (ईभी)को बिक्री बढेको छ ।

सन् २०२३ मा भारतमा १५ लाख ३० हजार विद्युतीय गाडीहरु बिक्री भएको हो । सन् २०२२ को तुलना गत वर्ष भारतमा ४९.२५ प्रतिशतले ईभीको बिक्रीमा वृद्धि आएको छ । सन् २०२२ मा भारतमा १० लाख २५ हजार ईभी बिक्री भएका थिए ।

भारतीय बजार गाडीका लागि निकै ठूलो मानिए पनि त्यहाँ विद्युतीय गाडी (ईभी)ले भने बजार लिन नसकेको अवस्था विगतमा रहँदै आएको थियो । तर, पछिल्लो समय भने भारतमा पनि ईभीप्रति मान्छेको चासो बढ्दै गएको छ ।

सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा ईभी गाडीहरुमध्येमा पनि विद्युतीय कारको बिक्रीमा ११५ प्रतिशतको वृद्धि भारतमा भएको छ । सन् २०२३ मा भारतमा ८२ हजारभन्दा धेरै विद्युतीय गाडीहरु बिक्री भएका छन् ।

भारतको अटो बिक्रेता संघ फाडाकाअनुसार सन् २०२३ मा कुल २ हजार १०५ ईभी कारहरु बिक्री भएका छन् । सन् २०२२ मा भारतमा कुल ३ हजार २४० वटा मात्रै विद्युतीय गाडीहरु बिक्री भएका थिए ।

सन् २०२३ मा गति लिएको ईभीको बिक्रीसँगै भारतमा विद्युतीय गाडीहरुले २.५ प्रतित बजार हिस्सा ओगटेका छन् । सन् २०२३ मा भने यो हिस्सा १.३ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु