हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काडमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले माघ २५ गते वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनिले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बोनस ८‍.६३ प्रतिशत र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद रहेको छ ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गर्ने जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

२५ गतेका लागि सभा बोलाएको कम्पनीले माघ १४ गते बुक क्लोज गरेको छ । माघ ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउनुका लागि सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु