पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजा ७७९ र १ लाख १५ हजार ९४८ रहेको थियो ।


क्लिकमान्डु