तत्काल भारतमा टेस्ला नबन्ने, भाइब्रेट गुजरातमा नआउने भए मस्क



एजेन्सी । लामो समयदेखि भारतको भाइब्रेन्ट गुजरात समिटका क्रममा टेस्लाको भारत आगमनको घोषणा हुने भनिए पनि उक्त घोषणा तत्कालै नहुने भएको छ ।

लामो समयदेखि टेस्लाले भारतमा आफ्नो कारखाना बनाउने र भाइब्रेट गुजरात ग्लोबल समिट, २०२४ का क्रममा घोषणा गर्ने चर्चा थियो । तर, भारतीय सञ्चारमाध्यमकाअनुसार टेस्लाका मालिक एलन मस्कले भारत भ्रमण गर्ने र भाइब्रेट गुजराल समिटका बीच टेस्लाको भारत आगमनको घोषणा गर्ने कुरा तत्कालै नहुने भएको हो ।

गुजराल औद्योगिक विकास निगमका कार्यकारी अध्यक्ष राहुल गुप्ताले भारतीय सञ्चारमाध्यम इकोनोमिक्स टायम्ससँग कुरा गर्दै गुजरात राज्य मस्क र उनको कम्पनीलाई स्वागतका लागि तयार भएको बताएका छन् । तर, तत्कालै मस्क नआउने कुरा भारतीय सरकारका उच्च अधिकारीहरुले बताएका छन् ।

टेस्लाले आफ्नो उत्पादनलाई विस्तार गर्नका लागि भारतमा पनि आफ्नो उत्पादन कारखाना खोल्ने विषय वर्षदिनभन्दा लामो समयदेखि चर्चामा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणका गएको बेलामा पनि उनीहरुबीच यो विषयमा कुरा भएको थियो ।

टेस्लाले भारतमा आफ्ना गाडीहरुको उत्पादन गर्ने र त्यसका लागि आवश्यक लगानी गर्नेलगायतका विषय लामो समयदेखि चर्चामा रहेपनि कर छुट तथा सहुलियतको विषयमा लामो समयदेखि भारत सरकार र टेस्लाको निष्कर्ष निस्किएको छैन । भाइब्रेट गुजरात ग्लोबल समिटमा भने मस्क भारत आउने र टेस्लाको भारत आगमनको औपचारिक घोषणा हुने भन्दै चर्चा भएको थियो । तर, तत्कालका लागि टेस्लाको भारत आगमन नहुने भएको छ ।


क्लिकमान्डु