साधारणसभा हुनु ३ दिनअघि राष्ट्र बैंकले हटायो सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष



काठमाडौं । नेपाल राष्ट्रको निर्देशन अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकले अध्यक्ष तथा सञ्चालकलाई हटाएको छ ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकका सञ्चालक तथा अध्यक्ष डा अर्जुन कुमार बराललाई पदबाट हटाएको जनाएको छ ।

‘नेपाल राष्ट्र बैंकको पत्र अनुसार यस बैंकका स्वतन्त्र सञ्चालक डा. अर्जुन कुमार बराल ज्यूलाई हटाउने आदेश अनुसार यस बैंकको सञ्चालक समितिको पुस २५ गतेको अपरान्ह ४ बजेको बैठकको निर्णय बमोजिम आजको मितिदेखि लागु हुने गरी स्वतन्त्र सञ्चालक र अध्यक्ष पदबाट समेत हटाइएको व्यवहोरा जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।

बैैंकले पुस २९ गते १४ औं बार्षिक साधारणसभा बोलाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।


क्लिकमान्डु