आइएमई लाइफ इन्स्योरेन्सद्वारा बोनसदर घोषणा, बीमितले कति पाउँछन् ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमितलाई दिने लाभांशदर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रतिहजार बीमालेख बराबर अधिकतम ८० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको हो ।

कम्पनीले सावधिक,बाल सावधिक तथा सामूहिक सावधिक बीमामा न्यूनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँ बोनस तोकेको छ भने सावधिक तथा आजीवन बीमालेखमा ३२ रुपैयाँ देखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्तै कम्पनीले अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ३२ रुपैयाँ देखि ६३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको हो ।

कम्पनीले बाल वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख र वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने ३० रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले दिने यस्तो बोनस बीमितको बीमालेख र त्यसको अवधिअनुसार फरक फरक रहने गर्छ । बोनस बापतको रकम कम्पनीले प्रतिहजार बीमालेखमा गणना गरेर बीमितलाई भुक्तान गर्ने गर्दछ ।


क्लिकमान्डु