एनआइसी एशिया बैंकले घटायो ब्याजदर
काठमाडौं । एनआइसी एशिया बैंकले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले बुधबार सार्वजनिक सूचना निकाल्दै माघ एक गतेबाट लागु हुननेगरी मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८.०६५ प्रतिशत बनाएको हो । कर्जाको ब्याजदर १३.३९ प्रतिशत हुने बैंकले जनाएको छ ।
पुस महिनामा बैंकले निक्षेपमा अधिकतम ८.६७% ब्याजदर दिँदै आएकोमा माघबाट ८.६५ प्रतिशत ब्याजदर कायम गरेको हो । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको छ भने ३ महिनादेखि ६ महिनाको मुद्दति निक्षेपमा न्यूनतम ६.२५ प्रतिशतले ब्याजदर कायम गरेको छ ।
यस्तै बैंकले कर्जाको ब्याजदर १३.३९ प्रतिशत बनाएको छ । बैंकले आधारदर १०.३९ प्रतिशतमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपेर १३.३९ प्रतिशत ब्याजदर कायम गरेको हो । पुस महिनामा कर्जातर्फको ब्याजदर १३.७० प्रतिशत थियो ।