एनएमबि बैंक र यूएसएडद्वारा विराटनगरका उद्यमीलाई डिजिटल वित्तीय साक्षरता प्रदान



काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसाय वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे जानकारी गराउन कार्यक्रम केन्द्रित रहेको बैंकले जनाएको छ । कार्यक्रममा विभिन्न उद्योगबाट ११० भन्दा बढी प्रतिनिधि सहभागी रही सक्रिय रूपमा छलफलमा संलग्न भएका थिए ।

एनएमबि बैंकले हाल देशभरका २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु