यी हुन् एनएमबि बैंकका १६ ठूला सेयरधनी, अध्यक्ष पवन गोल्यानको १ प्रतिशत भन्दा कम



काठमाडौं । एनएमबि बैंकमा १६ जना ठूला सेयरधनी रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डसको रहेको छ । बैंकमा एफ एम ओ, नेदरल्याण्डसको १३.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ।

यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत, यंग लियन रियल्टी एस. डी. एन. वि एच डी., मलेसियाको ४.२२ प्रतिशत, गाईत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नन्द किशोर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै पवन कुमार गोल्यानको ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत, पशुपति मुरारकाको ०.५८ प्रतिशत,सन्तोष राठीको ०.५८ प्रतिशत, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत र बलराम न्यौपानेको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकका अध्यक्ष पवन कुमार गोल्यानको सेयर स्वामित्व १ प्रतिशत भन्दा कम रहेको छ ।


क्लिकमान्डु