सिटिजन्स बैंक र स्टक एक्सचेञ्जबीच डिबेन्चर सूचीकरण गर्ने सम्झौता



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंकबीच १० वर्ष अवधि तथा १०% वार्षिक व्याजदर भएको ‘१०% सिटिजन्स बैंक डिवेञ्चर २०९०’ डिबेन्चर ऋणपत्रको कूल ३० लाख कित्ताको सूचीकरण गर्ने समझौता भएको छ ।

१ देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार रहेको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेडमार्फत खुला विक्री आव्हान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको बैंकले जनाएको छ ।

स्टक एक्सचेञ्ज र सिटिजन्स बैंकबीच धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट स्टक एक्सचेञ्जमा कम्पनीको १०५ वार्षिक व्याजदर भएको १०५ सिटिजन्स बैंक डिवेञ्चर २०९० डिबेन्चर र ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु