कर्णाली प्रदेशमा निक्षेप ११.८९ प्रतिशत, कर्जा ५.४७% ले बढ्यो



काठमाडौं । कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप अघिल्लो आवको तुलनामा ११.८९ प्रतिशतले बढेको छ ।

निक्षेप ११.८९ प्रतिशतले बढ्दा कर्जा प्रवाह ५.४७ प्रतिशतले बढेको छ । उक्त प्रदेशमा निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९१ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा निक्षेप ५.४३ प्रतिशतले बढेर ६० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो ।

कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स, बैंकिङ्ग सेवामा आएको बिस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको अध्ययनले देखाएको छ ।

असार मसान्तसम्म कर्णाली प्रदेशमा कुल कर्जा ५.४७ प्रतिशतले बढेर ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ७.०१ प्रतिशतले बढेर ५४ अर्ब ९२ करोड ९४ लाख पुगेको छ ।

आव २०७९/८० को साउनदेखि असार मसान्तमा कर्णाली प्रदेशको कर्जा तथा निक्षेप अनुपात ८५.८३ प्रतिशत रहेको छ । उक्त अनुपात अघिल्लो वर्ष ९१.०५ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु