यी हुन् कामना सेवा विकास बैंकका २५ ठूला सेयरधनी



काठमाडौं । कामना सेवा विकास बैंकको ठूला सेयरधनीमा २५ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकका ठूला सेयरधनीमा सबैभन्दा बढी सेयर स्वामित्व तुलासा पाण्डे रहेका छन् । बैंकमा उनको २.४३ प्रतिशत अर्थात ७ लाख ९८ हजार ४०६ कित्ता सेयर सेयर स्वामित्व रहेको छ ।

बैंकमा सिता आचार्यको १.७६ प्रतिशत अर्थात ५ लाख ७६ हजार ८५७ कित्ता, श्री राम पाण्डेको १.३९ प्रतिशत अर्थात ४ लाख ५४ हजार ५३८ कित्ता, सिताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ८४ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा मदन खनालको १.०८ प्रतिशत, कमलराज उदय १.०२ प्रतिशत, राम प्रसाद पोखरेलको ०.९५, हाथवे इन्भेष्टमेन्ट ०.९४, रवि बहादुर थापाको ०.९३, चक्रपानि बास्तोला ०.८२, भिम प्रसाद तुलाचन ०.८२, देवान सिंह थापा ०.८०, बाबुराम पन्त ०.७९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै भिम राज अधिकारीको ०.७६, प्रकाश श्रत्री ०.७४, गणेश बहादुर श्रेष्ठ ०.७३, ओमकार गौचन ०.७२, जनार्दन देव पन्त ०.६९, राम कुमार अमात्य ०.६६, भरत राज कोइराला ०.६१, गौ माता इन्भेष्टमेन्ट कम्पनी ०.५६, दीपक खरेल ०.५४ राजेन्द्रनिधी कोइराला ०.५४, क्यालिबर इन्भेष्टमेन्ट कम्पनी ०.५२ र भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु