कामना सेवा विकास बैंकका सञ्चालकले बुझे साढे ५६ लाख भत्ता



काठमाडौं । कामना सेवा विकास बैंकका सञ्चालकले गत आर्थिक वर्ष २०७९/०८० मा भत्ता लगायत विभिन्न शिर्षकमा ५६ लाख ५८ हजार रुपैयाँ लिएका छन् ।]

गत आवमा बैंकका सञ्चालकले बैठक भत्ता स्वरुप १८ लाख ५८ हजार र यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिका खर्च स्वरुप ५६ लाख ९९ हजार ७२१ रुपैयाँ लिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष सहित ६ जना सञ्चालक रहेका छन् ।

बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता बापत ९ हजार रुपैयाँ र सञ्चालकलाई ८ हजार दिने गरेको छ । बैंकको अध्यक्षमा सुदिप आचार्य रहेका छन् । यस्तै सञ्चालकमा भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, विश्वेश्वर सुवेदी, बलराम बराल र सीता घिमिरे सञ्चालक रहेका छन् ।

यो पटक बैंकले सेयरधनीको हात खाली बनाएको छ । बैंकले सेयरधनीलाई लाभांश दिएको छैन ।


क्लिकमान्डु