१० करोड इकाई एनआईबिएल स्टेबल फण्ड निष्काशन हुँदै



काठमाडौं । एनआइएमबी एस क्यापिटलले १० करोड इकाई म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ ।

क्यापिटलले माघ २ गतेदेखि एनआईबिएल स्टेबल फण्ड निष्काशन गर्न लागेको हो । प्रति इकाई १० रुपैयाँका दरले निष्काशन गर्न लागेको १० करोड इकाईमा १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई र १ करोड ४० लाख इकाई कोष प्रबर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई छुट्याएको छ ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन हुने छ । फण्डमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ । फण्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु