निर्धन उत्थान लघुवित्तले १ सय १२ जनालाई ऋण तिर्न जारी गर्‍यो ३५ दिने सूचना



काठमाडौं । निर्धन उत्थान लघुवित्तले एकैपटक १ सय १२ जना ऋणीलाई ऋण तिर्नका लागि ३५ दिने अल्टिमेटम दिएको छ ।

बिहीबार लघुवित्तले एक सूचना जारी गर्दै कर्जावापतको साँवा र ब्याज दुवै ३५ दिन भित्र चुक्ता गर्न निर्देशन दिएको हो ।

लघुवित्तले धितो सुरक्षण राखेर ऋण लिएका ऋणीको तीन पुस्ते विवरण सहित जमानीकर्ताको नाम उल्लेख गरेर सार्वजनिक सूचना जारी गरेको छ ।

पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा समेत ऋण तथा ब्याज तिर्न नआएको भन्दै लघुवित्तले ३५ दिन भित्र ऋणको सावाँ र ब्याज दुवै भुक्तान गरिसक्न ऋणीलाई निर्देशन दिएको हो ।

लघुवित्तले सम्पर्कमा नआउने तथा सो अवधिमा ऋण चुक्ता नगर्ने ऋणीको हकमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम राख्ने तथा धितोमा रहेका चलअचल सम्पती लिलाम विक्री गरी असुल उपर गर्ने जनाएको छ ।


क्लिकमान्डु