कालु गुरुङसहित ४ जनाले हिमालयन बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बेच्दै



काठमाडौं । हिमालयन बैंकको ७८ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै सो परिमाणको सेयर बिक्री गर्ने जनाएको हो ।

बैंकका अनुसार कालु गुरुङको ५९ हजार २५९ कित्ता, सुब्बाप्रसाद लामिछानेको ५ हजार २९१ कित्ता, आशामान तण्डुकारको ११ हजार ६९३ कित्ता, तिर्थराज नेपालको १ हजार ७९९ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० को १० बमोजिम सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकमा सम्पर्क राख्नुपर्नेछ । तोकिएको समयभित्र बैंकका अन्य संस्थापक सेयरधनीले आवेदन नदिए अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न पाइने व्यवस्था छ ।


क्लिकमान्डु