२० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि संकलन गर्न लागेको निक्षेपको आज बोलकबोलन हुने राष्ट्र बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत पैसा खिच्ने गर्छ । यसको अवधि २१ दिनको रहेको छ । यसको साँवा र ब्याज भुक्तानी माघ ११ गते हुने छ । ब्याजदर भने बोलकबोल माध्यमबाट तय गरिने छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


क्लिकमान्डु