ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । बैंक पुस १७ गते (आज) देखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले मंगलबार सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम गर्नुका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षण आयोजना गरेको हो ।

बैंकले कोशी प्रदेशमा सुनसरीको इटहरी, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

देशभर आयोजित रक्तदान कार्यक्रममा ९२७ रक्तदाताले रगतदान गरेको बैंकले जनाएको छ । यस्तै निःशुल्क ७८३ जनाको आँखा जाँच गरिएको छ भने १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एंव परामर्श प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समाजपयोगी कार्यहरुमार्फत जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु