एनआईसी एशिया बैंक ७२ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै



काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न २० वटा जिल्लामा रहेको ७२ स्थानको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ ।

बैंकले ७ दिन भित्र आफ्नो स्वामित्व रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने जनाएको छ । बैंकले सूचना जारी गर्दै गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिणाममा चलेको छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने जनाएको छ । बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति,फर्म, कम्पनी, संघ संस्थालाई ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।

बैंकले काठमाडौं, बाँके, रुपन्देही, बारा, पर्वत, पर्सा, सुर्खेत, मोरङ, सुनसरी, कास्की, सिरहा, बार्दिया, रौतहट, चितवन, झापा, ताप्लेजुङ लगायत जिल्लामा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ ।


क्लिकमान्डु