ओलीको प्रश्न: गाडी लिएर गएर मन्त्रीले हुललाई किन उत्तेजित बनाएको ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालकुमारीको भीडमा मन्त्री पुगेर हुलसँग निहुँ खोजेको र उत्तेजित बनाएको आरोप लगाएका छन् ।

४८ औं मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा ओलीले मन्त्री गाडी लिएर हुलमा गएर निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन् ।

‘मन्त्री त्यहाँ हुलमा गाडि लिएर किन जानुपर्‍यो ? हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ ओलीले भने ।

उनले बन्दुकको कुन्दाले हानेर मान्छे मारिएको बताए । बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मारेको उनको आरोप छ ।


क्लिकमान्डु