वीर अस्पतालमा इडियुरोम सेवा विस्तार



वीर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध इडियुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ ।

यससँगै इडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापित हुने भएको छ ।

वीर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरु इडियुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देश वाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्क रुपमा इन्टरनेटमा पहुँच स्थापति हुने भएको छ ।

विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्वन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरु विच एक शैक्षिक संस्था बाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेटको पहुँच स्थापीत हुने इडियुरोम सेवा हाल १०० वटा देशहरुका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा सञ्चालमा आइसकेको छ ।

यस सेवालाई नेपालमा विस्तार र प्रवर्दन गर्ने काम नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क नामक संस्थाले निःशुल्क रुपमा गर्दै आएको छ ।

साथै यस संस्था नेपालका विश्वविद्यालय तथा वैज्ञानिक अनुसन्धानमा संलग्न संस्थाहरुलाई एक आपसमा जोडेर वैज्ञानिक अनुसन्धान तथा सहकार्यको वातावरण वनाउन प्रयासरत रहेको छ ।

हाल यस संस्थाले उपलव्ध गराएको अनुसन्धान तथा शैक्षिक सञ्जालमा नेपालका आठ वटा विश्वविद्यालय सहित ३० वटा शैक्षिक तथा अुसन्धानमा संलग्न संस्थाहरु जोडिइसकेका छन् ।


क्लिकमान्डु