मुरारकाको प्रश्न: प्राधिकरणका कारण ठूलो क्षति पुग्यो, निर्यात गर्ने उद्योगको माग घट्यो, जिम्मा कसले लिने ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले विद्युत प्राधिकरणका कारण उद्योगीले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् ।

आइतबार काठमाडौंमा उद्योगीले गरेको पत्रकार सम्मेलनमा उनले विद्युत प्राधिकरणले टिओडी मिटरको तथ्याङक पनि नदिने, प्रमाण देउ विद्युत महशसुल तिर्छौं भन्दा पनि नपाएको बताए । २३ वटा उद्योगमा प्राधिकरणले १० दिनदेखि विद्युत लाइन काट्दा ठूलो क्षति पुगेको मुरारकाले बताए ।

प्राधिकरणले कतिपय निकासी गर्ने उद्योगको समेत लाइन काट्दा १० दिनदेखि उद्योग बन्द भएको र निकासी उद्योगको माग कटौती हुन थालेको बताए । उद्योगको माग काटिँदा त्यसको भागिदार को हुने ? भन्दै उनले प्रश्न गरे ।

यसको असर देशलाई, विद्युत प्राधिकरणलाई पनि पर्ने उनले स्मरण गराए । मुरारकारले बिना प्रमाण कसैले पनि पैसा नदिने बताए । ‘टिओडी मिटर राज्य को हो । राज्यको सम्पत्ति कसैले पनि फुटाएर डेटा मेट्दैन’ उनले भने ‘त्यो डेटा प्राधिकरणसँग छ भने दिए हुन्छ । उद्योगीले पैसा तिर्छन् ।’


क्लिकमान्डु