सरकार असफल भएन तर मेरो हुटहुटीअनुसारको परिणाम आएन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमा सरकार असफल नभए पनि आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको स्वीकार गरेका छन् ।

सत्ताको नेतृत्व लिएको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू देश कति बन्यो भन्‍ने होइन, कति बन्‍न सक्थ्यो भन्‍ने आत्मसमीक्षामा रहेको बताए ।

‘म स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्‍न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्‍ने होइन, कति बन्‍न सक्थ्यो भन्‍ने आत्मसमीक्षामा छु ।’

प्रधानमन्त्रीले अब सरकारको कार्यशैली बदलिने बताए । पूर्वनिर्धारित र अपरिहार्य बाहेक बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने उनले प्रतिवद्धता जनाए।

‘म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ। केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु।’

सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने उनको भनाइ छ ।


क्लिकमान्डु