५ महिनामा ९ अर्बको करिब ३७ सय विद्युतीय गाडी आयात



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ९ अर्ब रुपैयाँको करिब ३७ सय विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ९ अर्ब ५५ करोड २८ लाख रुपैयाँको ३६ सय ८६ वटा विद्युतीय गाडी आयात भएको हो ।

आयातित विद्युतीय सवारी साधनबाट नेपाल सरकारले ४ अर्ब २ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ५ महिनाको अवधिमा ५० किलोवाटसम्मको २ अर्ब ९५ कोड ४४ लाख रुपैयाँको १५ सय ९५ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको विभागको तथ्यांक छ।

त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ५ अर्ब ८१ करोड २४ लाख रुपैयाँको २ हजार २८ वटा विद्युतीय गाडी आयात गरेको छ । साथै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको २६ करोड २६ लाख रुपैयाँमा ५२ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको ७ करोड ७० लाख रुपैयाँको ११ वटा विद्युतीय सवारी साधनको आयात गरेको छ ।


क्लिकमान्डु