सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु