रवि लामिछानेको प्रश्न: सुदन किराँती पदमा कसरी बस्न मिल्छ ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति मन्त्री सुदन किराँती पदमा बस्न कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् ।

मन्त्री किराँतीले क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही भन्दै मान्दिन भन्नेहरुलाई हतकडी लगाएर जेल हाल्ने बताएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच सभापति लामिछानेले मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् । यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा बस्न नमिल्ने उनको भनाइ छ ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ,’ लामिछानेले भने, ‘जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’


क्लिकमान्डु