राजसंस्थाका पालदेखि नियुक्त १०० बढी सल्लाहकार खारेज



काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो ।

राज संस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा बिक्री वितरणसमेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको ।


क्लिकमान्डु