सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

हिजोको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु