साहलाई आयल निगमको निमित्त प्रमुखको जिम्मेवारी



काठमाडौं । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको सचिवालयका अनुसार वरिष्ठताका आधारमा साहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । साह निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक हुन् ।

कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २६ गते १५ महिना कार्यावधि बाँकी हुँदै राजीनामा दिएका थिए । थानीको राजीनामापछि उक्त पद खाली छ ।

निमित्त प्रमुखको जिम्मेवारी पाएका साह निगमको अर्थ तथा मानव संसाधन विभाग प्रमुख छन् ।


क्लिकमान्डु