ठमेलमा बनिरहेको आर्य होटलको काम ७० प्रतिशत सकियो, जुनदेखि सञ्चालनमा आउने



फाइल तस्बिर

काठमाडौं । काठमाडौंको ठमेलमा निर्माण भइरहेको आर्य होटल एण्ड स्पा प्रालिको निर्माण ७० प्रतिशत सम्पन्न भएको भएको छ । सन् २०१८ मा दर्ता भई निर्माण कार्य सुरु भएको होटलको सन् २०२३ को अक्टोबरसम्ममा ७० प्रतिशत निर्माण सम्पन्न भएको हो ।

होटल ६१ करोड ४८ लाख स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ । करिब एक अर्ब (९३ करोड ६० लाख) रुपैयाँ लागतमा निर्माण भइरहेको होटलमा ८० कोठाको सुविधा हुनेछ । कम्पनीअनुसार हाल ७० प्रतिशत काम सम्पन्न भएकाले सन् २०२४ को जुनसम्ममा व्यवसायिक कारोबार सुरु गर्ने जनाइएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७२ करोड २६ लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि २ करोड ७४ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

होटल निर्माणका लागि ७० करोड २० लाख रुपैयाँ कर्जा र २३ करोड ४० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । होटलमा विभिन्न सुविधा हुनेछ । कम्पनीअनुसार होटलमा फुड र बेभरेज सेवा, स्वीमिङ पुल, कन्फरेन्स हल र हिटेड ज्यकुजी, स्पा र अन्य सुविधा हुनेछ ।

होटलमा पूर्ण स्वामित्व कृष्णप्रसाद सिम्खडाको छ । ग्रिस अटो, अटो पार्क जापान, एभरेष्ट फुड र आर्य कम्पनी लिमिटेडको अध्यक्ष रहेको सिम्खडाको जापानमा १४ वटा फ्रेन्चाइज रेष्टुरेन्ट छ ।


क्लिकमान्डु