साना किसान विकास लघुवित्तको लाभांश संशोधन
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ ।
संस्थाले यसअघि बोनस १५ प्रतिशत र कर सहित ५ प्रतिशत नगद सहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
नेपाल राष्ट्र बैंकले मंसिर २५ गते संस्थालाई लाभांश संशोधन गर्न निर्देशन दिएपछि संशोधन भएको छ ।
अब संस्थाले गत आवको नाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत सहित १५ प्रतिशत लाभांश दिने जनाएको छ । संस्थाको यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले पाउनेछन् ।